टाइगर कपको ट्रफि अनावरण, भोलि बिहान १० बजे पहिलो खेल

पाेखरा | माघ ११, २०८१

टाइगर कपको ट्रफि अनावरण, भोलि बिहान १० बजे पहिलो खेल

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । 


पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 


ट्रफि अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका खेलेको बताए । 
प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको उनले बताए । केही बेरमा टेक्निकल टिम बसेर ट्राईसिट फाइनल गरिने उनको भनाइ छ । 


प्रतियोगिताको पहिलो खेल शनिबार बिहान १० बजेबाट सुरु हुनेछ । खेल हेर्ने दर्शकका लागि टिकट खुला गरिएको आयोजकले जनाएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइन टिकट काट्न सकिनेछ । 


दुई खेलपछि उद्घाटन कार्यक्रम हुने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । 


प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । पहिलो दिनको तेस्रो खेलमा आयोजकको महिला टोलीले खेल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा ल्याइल्याण्डका ३ खेलाडी अनुबन्ध भएका छन् ।


प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता हुँदैछन् । 


महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् । 


प्रतियोगिताका  विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्